कोपनहेगनको सपिङ सेन्टरमा गोली चल्दा तीन जनाको मृत्यु

डेनमार्क : कोपनहेगनको एक सपिङ सेन्टरभित्र गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ। सो घटनामा परी कयौं घाइते भएको बीबीसीले जनाएको छ। 

annapurna post

गम्भीर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जनाएको छ। कोपनहेगनमा रहेको सपिङ सेन्टर ‘फिल्ड्स’भित्र आइतबार अन्धाधुन्ध गोली प्रहार भएको थियो। 

सामाजिक सञ्जाल फुटेजमा मानिसहरू मलमा दौडिरहेको देखिएका छन् । घटनापछि सुरक्षाकर्मीले भीडलाई मलबाट टाढा लैजान खोजेको थियो। फिल्ड्स मलमा १४० भन्दा बढी पसल र रेस्टुराँहरू  छन्।  यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको छ।

सोमबार बिहान पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई गिरफ्तार गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिसँग राइफल भएको र त्यो घटना उनैले गराएको प्रमाण जुटिरहेको प्रहरीको भनाइ  छ।